Techie IT
Hetauda Khabar

सर्वोच्चको निर्णय आएपछी मात्र हेटौंडा सडक विस्तार सुरु हुने


सर्वोच्च अदालतको निर्णय आएपछि मात्र हेटौंडा सडक विस्तार हुने भएको छ । डिभिजन सडक कार्यालयले निकालेको ३५ दिने सुचनाको म्याद आज सकिएपछी भोलिदेखि नै सडक विस्तार कार्य सुरु गरिने बताइएको थियो ।

सडक डिभिजनको सुचनाविरुद्ध हेटौंडाका केही घरधनीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले अल्पकालीन अन्तरिम आदेश दिंदै भोलिका लागि छलफलमा बोलाएकाले भोलि हुने भनिएको सडक विस्तार कार्य स्थगित भएको हो ।

“भोली सर्वोच्चले छलफलका लागि बोलाएको छ, हामीले सोही निर्णय कुरेका हौँ, अदालतको के निर्णय आउछ सोही अनुसार हामी अघि बढ्छौं”, डिभिजन सडक कार्यालयका प्रमुख राजेशकुमार यादवले भने ।

राजमार्गको हेटौँडा–१५ रातोमाटेबाट–बुद्धचोक हुँदै राप्ती पुलसम्मको सडक सीमा सडक केन्द्रबिन्दुबाट २५/२५ गजभित्र पर्ने संरचना हटाउन यसअघि १० असारमा सडक डिभिजन कार्यालय हेटौँडाले सूचना निकालेको थियो । उक्त म्याद आज सकिएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #२५ मिटर सडक विस्तार, #अतिक्रमण, #मकवानपुर, #हेटौंडा, #हेटौंडा उपमहानगरपालिका, #हेटौंडा सडक विस्तार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट