Techie IT
Hetauda Khabar

दीपक सिंहले संसदमा भने- सरकारसँग पैसा छैन भने हामीलाई ५ करोड चाहिँदैन


राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले अहिलेको आर्थिक मन्दीको बेला सरकारसँग पैसा छैन भने सांसद विकास कोषको ५ करोड रुपैयाँ नचाहिने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी, एमालेलाई पनि त्यसका लागि आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले भने, ‘यदि सरकारसँग पैसा छैन भने जुन हामीलाई ५ करोड रुपैयाँ दिनुभएको छ, त्यो  चाहिँदैन । आर्थिक मन्दीबाट देशलाई माथि उकास्नका लागि व्यापार घाटाबाट उकास्नका लागि हामीलाई दिनुभएकौ त्यो ५ करोड रुपैयाँ राप्रपाको तर्फबाट सम्पूर्ण रकम तपाईँलाई दिन चाहन्छौँ ।

यो राष्ट्र निर्माण गर्न र घाटा बचाउनका लागि हाम्रा रविजीको पार्टीले पनि अरू सांसदहरूको पार्टीले पनि, एमालेले पनि आफूले पाउने ५ करोड दिनुहुन्छ भन्ने मलाई लागेको हो । सरकारमा रहेका पार्टीले दिने कि नदिने हो ? नयाँले त दिने भनिसके ।’


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट