Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • पत्रपत्रिका
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • विचार - ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
फाल्गुन ११, २०७५ ११:२०:२१
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • पत्रपत्रिका
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • विचार - ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
देश
  • Home
  • News
  • एनसेलबाटै कर तिराउन सर्वोच्चको आदेश
एनसेलबाटै कर तिराउन सर्वोच्चको आदेश
64x64
माघ २४, २०७५ हेटौंडा खबर

सर्वोच्च अदालतले निजी दूरसञ्चार सेवा एनसेलको पुँजीगत लाभकर एनसेल र आजियटाबाटै असुल्नुपर्ने गरी फैसला गरेको छ ।

सर्वाेच्च अदालतको बुधबारको पूर्ण इजलासले लामो समयदेखिको कर विवादमा फैसला गर्दै एनसेलबाटै पुँजीगत लाभकर उठाउन आदेश दिएको हो । यो फैसलासँगै एनसेल पुँजीगत लाभकर विवाद अन्त्य भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत् र पूर्ण इजलासको यो फैसलासँगै अब एनसेलले राज्यकोषमा ६१ अर्ब रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।

एनसेल बिक्री प्रकरणमा ठूला करदाता कार्यालयले १ खर्ब ४४ अर्ब रुपैयाँ बिक्री मूल्य आधार मानेर यसअघि नै कर निर्धारण गरिसकेको छ । यसअघि एनसेलले २३ अर्ब भने तिरिसकेको छ । सर्वोच्च अदालतमा मुद्दा परेपछि जरिमाना, सेवा शुल्क र खुदसमेत गरी एनसेलले तिर्नुपर्ने कुल दायित्व भने ७३ अर्ब पुगेको रिट निवेदक तथा पूर्व महालेखापरीक्षक सुकदेव खत्रीले जानकारी दिए ।राजधानी दैनिकमा खबर छ ।

ठूला करदाता कार्यालयले १३ असार २०७४ मा टेलियासोनेराका नाममा ३५ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ कर, १८ अर्ब ६ करोड ५३ लाख रुपैयाँ जरिमाना र ६ अर्ब ७३ करोड ३७ लाख ब्याज गरी ६० अर्ब ७१ करोड २४ लाख रुपैयाँ कर निर्धारण गरेको थियो । तर, सर्वोच्च अदालतले टेलियासँग नभई एनसेल र त्यससँग सम्बन्धित आजियटासँग नै पुँजीगत लाभकर उठाउन फैसला गरेपछि अब करको गणना नै फरक ढंगबाट गर्नुपर्ने हुन्छ । सर्वोच्चको आदेशअनुसार अब ठूला करदाताले निर्धारण गरेको करका आधारमा यसअघि एनसेलले दुई किस्तामा भुक्तानी गरेको रकमलाई घटाएर बाँकी कर चुक्ता गर्नुपर्छ ।

नागरिक समाजका तर्फबाट पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहित पूर्वनिमित्त महालेखापरीक्षक सुकदेव खत्री, डा. जगदीशचन्द्र बरालसहित पाँच जनाले एनसेल र आजियटाले नै कर तिर्नुपर्ने भन्दै सर्वोच्चमा हालेको रिट जारी हुने ठहर गरेको छ ।
ऐनसेल लाभकर विवादको विषयमा सर्वोच्चमा चार छुट्टाछुट्टै निवेदन परेको थियो । चारवटा रिटमध्ये तीनवटा रिट निवेदन खारेज भएको छ भने एनसेल र आजियटाले एनसेल लाभकर तिर्नुपर्छ भन्ने निवेदनमा रिट जारी भएको छ । 


प्रकाशित मिति: बिहिवार, माघ २४, २०७५, ०८:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै सरकार, जुनसुकै बेला बन्द गर्ने
रक्सी खाएर छोरी बलात्कार गर्ने बाबु पक्राउ
बाराका प्रमुख जिल्ला अधिकारी भट्टराईको उपचारका क्रममा निधन
'लुट्न सके लुट' प्रतिबन्धमाथि सामाजिक सञ्जालमा सरकारप्रति तीब्र आक्राेश
देश
मापदण्डविपरीतका अंगरक्षकलाई फिर्ता बोलाइयो
64x64
फाल्गुन १, २०७५ हेटौंडा खबर
नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ। पुरा पढ्नुहोस्
देश
एभिन्यूज व्यवस्थापनविरुद्ध पत्रकार महासंघमा उजुरी श्रमजीवी पत्रकारहरुको मानप्रतिष्ठामा आघात पुगेको महासंघको ठहर
64x64
माघ २९, २०७५ हेटौंडा खबर
आफूहरुको चरित्र हत्या गरेको भन्दै एभिन्यूज टेलिभिजनका तीन जना पत्रकारले नेपाल पत्रकार महासंघमा उजुरी दिएका छन् । टेलिभिजनबाट राजीनामा नै नदिई सरसामान बरबुझारथ गर्न व्यवस्थापनले एक्कासि पत्रिकामा सूचना प्रकाशन गरेर चरित्र हत्या गरेको भन्दै पत्रकार त्रय बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दीपक अर्यालले महासंघमा उजुरी दिएका हुन् । पुरा पढ्नुहोस्
ताजा समाचार
कर नतिरेको भन्दै जताततै बम बिस्फोट, एनसेलको टावर जलाइयो फाल्गुन ११, २०७५ 38
साना किसान कृषि सहकारी मनहरीद्वारा बित्तीय साक्षरता तालिम
सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै सरकार, जुनसुकै बेला बन्द गर्ने
हेटौंडाबाट २ जना मोबाइल चोर पक्राउ
हेटौंडामा दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
नवलपुर दुर्घटना अपडेट: मापसे गरी मोटरसाइकल चलाउदा दुर्घटना
हेटौंडामा अबैध इन्स्टिच्युट मौलाउदै, मौन छ प्रशासन
हेटौंडामा सुरक्षित गर्भपतन सम्बन्धी जानकारी मुलक तालिम
नेपालमा गाँजालाई कानुनी मान्यता दिन सांसद बिरोध खतिवडाको माग
विचार–ब्लग
बैंकमा पुँजी अभाव किन ? नयाँ सरकारका लागि मुख्य चुनौती... हेटौंडा खबर
सामाजिक सुरक्षा कार्यक्रम संचार माध्यमबाट सुरुवात गरौं हेटौंडा खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकन सुरु माघ २७, २०७५
जी टिभीको ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका प्रितमको धमाकेदार प्रस्तुती, (भिडियो) माघ २६, २०७५
रवि लामिछाने र निकिता पौडेल हिउँसंगै रमाउदै माघ २६, २०७५
अनौठो संसार
विवाह गरेको तीन मिनेटमै बेहुलीले डिभोर्स गरिन् !
सुगाले साइकल चलायो (भिडियो)
जो मरेका मानिसहरूको खोजी गर्छन्
मंगल ग्रहमा मानवबस्ती बसाउने योजना
सम्पर्क

Hetauda Khabar

हेटौंडा ५, मकवानपुर
9851169037
hetaudakhabar.com@gmail.com, newshetaudakhabar@gmail.com

प्रकाशक : रबिन्द्र गौतम
सम्पादक : मोहन श्रेष्ठ
कम्पनी दर्ता : १५६९५५/०७३/०७४
प्रेस काउन्सिल दर्ता : ८६८
सूचना बिभाग दर्ता नं : ८७२
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • पत्रपत्रिका
  • अन्य
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #हेटौंडा उपमहानगरपालिका
  • #प्रदेश ३
  • #हरी बहादुर महत
  • #मेयर
फेसबुक पेज
Hetauda Khabar
©Hetauda Khabar - 2019 All rights reserved.
Web Design by : SoftNEP