आफ्नै कान्छी श्रीमतीलाई ब्लेडले रेटेर घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
कपिलबस्तु बुद्धभूमि नगरपालिका-३ मुर्मि बस्ने ४४ वर्षीय लाल बिहारी चौधरीलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको हो । चौधरी मानसिक सन्तुलन गुमाएको भन्ने बुझिन आएको छ ।
घाइतेलाई उपचारको लागि गोरुसिङे बुद्ध पोलिक्लिनिक लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।