Techie IT
Hetauda Khabar

हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा तनाव भएपछी प्रहरी परिचालन


हेटौंडा स्कूल अफ म्यानेजमेन्टका सञ्चालक पुरन बहादुर जोशीले सोमबार एक अभिभावकमाथि दुव्र्यवहार गरेको विषयमा क्याम्पस परिसरमा तनाव सृजना भएको छ ।

पैसाका कारण कक्षा १२ मा अध्ययनरत युनिश श्रेष्ठको परिक्षा नरोक्न उनका बुवा झुलेन्द्र श्रेष्ठले आग्रह गर्दा जोशीले झपारेको भिडिओ सामाजिक संजालमा बाहिरिएको थियो । पूरा शुल्क तिर्न नसक्ने बताएपछि सञ्चालक जोशी उनीमाथि जाइलागेको भिडिओमा देखिन्छ ।

सोहि विषयमा अभिभावक, विद्यार्थीका आफन्त र क्याम्पस प्रशासनविच छलफल गर्ने भनिएको थियो । छलफलमा जोशी कोठा बाहिर ननिस्किने, केहि व्यक्तिसंग मात्र कोठा भित्र छलफल गर्ने बताएपछी विद्यार्थीका आफन्त तथा उपस्थित अभिभावक आक्रोशित बनेका थिए ।

उपस्थित दुई पक्षविच हात हालाहालसमेत भएको थियो । क्याम्पसमा तनाव उत्पन्न भएपछी प्रहरीसमेत परिचालन गरिएको छ । अहिले अभिभावक र क्याम्पस प्रशासनविच छलफल चलिरहेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट