Techie IT
Hetauda Khabar

पत्रकार बन्जारा प्रकरण- बुलेट बाइक वाला को हो ? किन गर्दैन प्रहरीले अनुसन्धान ?


हेटौंडाका पत्रकार रमेश बन्जारा प्रकरणमा प्रहरीले फितलो र एकतर्फी अनुसन्धान गरिरहेको छ ।

गत  ३० चैतमा रमेश भनिने इन्द्र प्रसाद बन्जाराविरुद्ध जबर्जस्ती करणीको उजुरी परेको थियो । एक अपरिचित महिलाले आफुलाई करणी गरेको भन्दै उनिविरुद्ध जाहेरी दिएपछि प्रहरीले बन्जारालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

पत्रकार बन्जारालाई पुर्व योजना अनुरुप महिलाको प्रयोग गरी दुख दिने नियत देखिएको र वारदात भएको मिति, समय र स्थानमा संकास्पद व्यक्तिसंग उजुरी दिने महिला देखिएको सिसिटिभी फुटेज हेटौंडाखबरले सार्वजनिक गरेको थियो । फुटेजमा महिला अर्कै व्यक्तिसंग देखिएको र बुलेट मोटरसाइकलमा बसेर आएको भिडिओ स्पस्ट देखिंदासमेत प्रहरीले भने अनुसन्धान बलियोरुपमा नगरेको पाइएको छ ।

वारदान भएको समय महिलाले जाहेरीमा दिनको बजे ४ बजे उल्लेख गरेकी छन् । सो समयमा बन्जारा साथीसंग ओम भवन आगाडी देखिएका छन् भने, उनले सो समयमा गुट्खा किनिरहेको सिसिटिभी सार्वजनिक भैसकेको छ । तर फुटेज सार्वजनिक हुँदासमेत प्रहरीले दुईतर्फी अनुसन्धान नगरेको र झुट्ठा मुद्दामा पुर्व योजना अनुरुप फसाइएको बन्जारा परिवारले आरोप लगाएको छ ।

हेटौंडाका पत्रकारहरुले पनि प्रहरीले दुईतर्फकै अनुसन्धान नगरेको  गुनासो गरेका छन् । घटना भएको भनिएको मिति समय र स्थानमा उजुरी दिने महिला अर्कै व्यक्तिसंग बुलेट मोटरसाइकलमा भएको स्पस्ट देखिसकेको भएपनि प्रहरीले उक्त महिलालाई सोधपुछ र बुलेट मोटरसाइकलका व्यक्तिको पहिचान गर्न नखोजेकोले निष्पक्ष छानबिन गर्न पत्रकारले माग गरेका छन् ।

प्रहरीले भने यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । स्रोतका अनुसार उक्त बुलेट मोटरसाइकलको नम्बर र व्यक्तिको पहिचान भैसकेको छ । जाहेरी दिने महिलालाई मोटरसाइकलमा राखेर आउने उक्त व्यक्ति केहि दिन अघि मात्र जिल्ला प्रहरी परिसरमा प्रहरी संगै रहेको स्रोतको दावी छ । स्रोतका अनुसार बुलेट चलाउने व्यक्तिलाई प्रहरीले नजिकबाट चिनेको छ । तर प्रहरी मौन छ । यस विषयमा प्रहरीले भने केहि बोलेको छैन ।

सिसिटिभी फुटेज हेर्नुहोस 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट