Techie IT
Hetauda Khabar

अप्ठेरो परिस्थितिमा सधैं कांग्रेसले देशको नेतृत्व गरेको छ – पराजुली


सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार आनन्दराम पराजुलीले अप्ठेरो परिस्थितिमा सधैं कांग्रेसले देशको नेतृत्व गरेको र अबको निर्वाचन पछिपनि नेतृत्व कांग्रेसकै हुने दावी गरेका छन् ।

शुक्रबार नेपाल महिला संघ १५ नम्वर वडा कार्य समितीले आयोजना गरेको अगुवा महिला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  उनले आगामी निर्वाचन सत्तारुढ गठबन्ध्नको प्रतिष्पर्धा संविधान च्यात्ने र देशलाई गलत दिशामा लैजान खोज्नेसँग भएको बताए ।

पदमा नहुँदा पनि आफू सधैं जनताको साथमा रहेको भन्दै उनले एमाले चुनाव आएपछि मात्रै जनतालाई भेट्न आउने गरेको आरोपसमेत लगाए । आगामी निर्वाचनले देशको भविष्य निर्धारण गर्ने भएकोले गठबन्धनलाई जिताउनुपर्ने उनको भनाई थियो ।

नेपाल महिला संघ १५ नम्वर वडा कार्य समितीको अध्यक्ष देवी मिश्रको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट