Techie IT
Hetauda Khabar

मकवानपुर क्याम्पस – ३६१ मतगणना हुँदा छोइसाङ अगाडि


स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुर बहुमुखी क्याम्पसको मतगणना जारी छ ।

हालसम्म ३६१ मतगणना भएको छ । कुल मतदाता ३ हजार ९१ रहेको क्याम्पसमा १५७४ मत खसेको थियो ।

३६१ मतगणना हुँदा नेकपा एमाले निकट विद्यार्थी संगठनका उम्मेदवार नमराज शर्माले १४४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मेदवार छोइसाङ स्याङतान तामाङको १९२ मत प्राप्त भएको छ ।

जिल्लाका सबै क्याम्पसमा २ वटा प्यानल प्रतिस्पर्धामा छ । नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंले एउटा प्यानल बनाएको छ भने नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) को अर्को प्यानल रहेको छ ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट