Techie IT
Hetauda Khabar

मकवानपुर स्ववियु चुनाव- एमालेसंग समाजवादी र कांग्रेससंग माओवादीको तालमेल


स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रियाअन्तर्गत आज उम्मेदवारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दर्ता हुँदैछ ।

आगामी चैत ५ गते हुने स्ववियु चुनावमा मकवानपुरमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । यी दुई बीच गठबन्धन गरेर जाने सहमति भएको स्रोतले बताएको छ ।

त्यस्तै नेपाली कांग्रेस निकट नेविसंघ (सुबास सापकोटा पक्ष) र माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)बीच तालमेल गर्ने सहमति भएको छ ।

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला गर्ने कार्यक्रम छ ।

साथै शनिबार नै साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम छ । स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट