Techie IT
Hetauda Khabar

गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको पहुचमा पुर्याउनु राज्यको महत्वपुर्ण दायित्व – राष्ट्रपति


राष्ट्रपति विद्यादेवि भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सहज र सुलभ पहुचमा पुर्याउनु राज्यको महत्वपुर्ण दायित्व भएको बताएकी छन् ।

मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘हेटौंडा अस्पताल’को नयाँ भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नागरिकको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवालाई घरघरमा पुर्याउनु जरुरी रहेको बताईन् ।

उनले जनस्वास्थ्यको उच्चतम लक्ष हासिल गर्नका लागि जनताको घरदैलोमा सामान्य औषधि मुलोदेखि आधुनिक प्रविधियुक्त विशेषज्ञ सेवा पुर्याउनु जरुरी रहेको उनले बताईन् ।

संघियताको अवधारणा अनुरुप मुलुकको सातै वटा प्रदेशलाई सुबिधा सम्पन्न बनाउन जरुरी रहेको बताउदैं उनले पछिल्लो समय देखा परेका नयाँ रोग र महामारीको सामना गर्न सक्षम हुनेगरी सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन तिनै तहको सरकारले उचित ध्यान दिनुपर्ने बताएकि छन् ।

संघिय सरकारको ३५ करोड ३२ लाख रुपियाँको लागतमा निर्माण भएको ३ तले अस्पताल भवनको मंगलबार राष्ट्रपति भण्डारीले उद्घाटन् गरेकी हुन् । नेपाली सेवाको हेलिकप्टर मार्फत हेटौंडा आएकी भण्डारीले अस्पतालको भवन उद्घाटन्  गर्दै अस्पतालका बिभिन्न्न बिभाग अवलोकनसमेत गरेकी छन् ।

जनस्वास्थ्यका क्षेत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनतालाई सर्वसुलब रुपमा स्वास्थ्य सेवा र विद्यार्थीलाई सुपथ शुल्कमा गुणस्तरीय शिक्षा दिनुपर्ने उनले बताइन् ।

उद्घाटन् कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ लगायतका मन्त्रीहरुको कार्यक्रममा सहभागिता रहेको थियो  ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट