Techie IT
Hetauda Khabar

हेटौंडाको सिद्धार्थ शिशु सदनका विद्यार्थीद्वारा वृद्धाश्रमलाई सहयोग


हेटौंडा-५ सानोपोखरा स्थित सिद्धार्थ शिशु सदनका विद्यार्थीले वृद्धाश्रमलाई सहयोग गरेका छन् । विद्यालयका कक्षा ५ मा अध्यनरत विद्यार्थीले हेटौंडा-२ चौकीटोलमा रहेको ओम वृद्धाश्रममा पुगेर खाद्यान्न सहयोग गरेका हुन् ।

सानासाना विद्यार्थीले आफै यथासक्य रकम संकलन गरेर चामल, आलु, तेललगायतमा खाद्यान्न सहयोग गरेको विद्यालमा प्रधानाध्यापक निर्मल पराजुलीले बताए । साना बालबालिकाका लागि सहयोगको भावना जागृत गराउन र सानैदेखि सामाजिक उत्तरदायित्व बोध गराउनको लागि विद्यालयमा बालबालिकालाई यस्ता गतिविधिमा संलग्न गराएको उनले बताए ।

बालबालिकाले वृद्धाश्रम पुगेर वृद्धवृद्धासंग कुराकानी गर्दै फोटो खिचाएका थिए ।

विद्यालयले आफ्नो सामाजिक शिक्षा तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीलाई हरेक दिन विभिन्न सामाजिक,धार्मिक तथा ऐतिहासिक स्थलहरुको भ्रमण तथा अवलोकन गराउने गरेको जनाएको छ । बिहिबार विद्यालयका बालबालिकाहरुले हेटौंडा स्थित मानव सेवा आश्रमको अवलोकन गरेका थिए भने शुक्रबार ऐतिहासिक मकवानपुर गढी दरबारको अवलोकन गरेको विद्यालयले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट