Techie IT
Hetauda Khabar

नेपालमा पनि सूर्यग्रहण सुरु


नेपालमा सूर्य ग्रहण सुरु भएको छ। मंगलबार साँझ ४ बजेर ४७ मिनेटदेखि ग्रहण सुरु भएको हो। सूर्य ग्रहण आइसल्याण्डबाट त्यहाँको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

नेपाली समयअनुसार काठमाडौंमा ४ बजेर ५४ मिनेटमा, पोखरामा ४ बजेर ५१ मिनेटमा, झापाको भद्रपुरमा ४ बजेर ५८ मिनेटमा, जनकपुरमा ४ बजेर ५६ मिनेटमा र कञ्चनपुरको महेन्द्रनगरमा ४ बजेर ४७ मिनेटमा ग्रहण देखिने छ।

वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रालय विकास समितिले दिएको जानकारी अनुसार  काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट