Techie IT
Hetauda Khabar

भर्खरै: हेटौंडाको चुरियामाई नजिक दुर्घटना, एकजना घाइते


मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाई मन्दिर नजिकै दुर्घटना भएको छ । हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको ना.५ ख ४०७३ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा.प्र ०३ ००५ प ९२२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटर चालक घाइते भएका छन् । उनको शरिरको विभिन्न भागमा चोट लागेको छ । बसले स्कुटरलाई ठक्कर दिई करिव ५०० मिटर पर घिसारेको छ भने बस नालामा खसेको छ ।

घटनास्थलमा प्रहरी पुग्दै छ । थप विवरण आउन बाँकी छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट