Techie IT
Hetauda Khabar

पेरिसडाँडामा आज पत्रकार सम्मेलन गर्दै माओवादी


प्रमुख प्रतिपक्षी दल माओवादीले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

मुलुकमा पछिल्लो समय देखिएको राजनीतिक घटनाक्रमबारे माओवादीले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बुझिएको छ । खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्को सहायता कटौती गर्न थालेपछि नेपालका विकास परियोजना अवरुद्ध हुने खतरा देखिएको छ । युएसएआइडी सहयोग र एमसिसी परियोजना रोकिएको विषयमा माओवादीले आफ्नो कित्ता स्पष्ट पार्ने भएको छ ।

साथै, पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनले आफूलाई सहयोग गर्न गरेको आह्वानबारे माओवादीले आज पार्टीगत धारणा सार्वजनिक गर्ने एक नेताले बताए । सरकारले ल्याएका अध्यादेशका विषयमा पनि माओवादीले आफ्नो भनाइ सार्वजनिक गर्न लागेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट