Techie IT
Hetauda Khabar

हेटौंडाको ई स्पट कन्सल्टेन्सी अबैधरुपमा संचालन, राज्यलाई नै झुक्याएर खुलेआम लुट


हेटौंड़ामा रहेको ई स्पट कन्सल्टेन्सी अबैधरुपमा संचालनमा रहेको पाईएको छ ।

हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोडमा रहेको ई स्पट कन्सल्टेन्सीले शिक्षाको नाममा गैरकानुनी काम गरी कारोबार गर्ने गरेको पाईएको हो । काठमान्डौको शाखा भनि हेटौंडामा विगत २ वर्षदेखि संचालनमा रहेको यस कन्सल्टेन्सीले बैदेशिक भाषा शिक्षा, शैक्षिक परामर्शलगायतको काम गर्ने गरेको छ । सम्बन्धित कुनैपनि निकायमा अनुमति नलिई संचालित कन्सल्टेन्सीमा शैक्षिक योग्यता नपुगेका परामर्श दाता र शिक्षक रहेको समेत पाइएको छ ।

यस कन्सल्टेन्सीले विद्यार्थीलाई विदेश पठाउने गरेकोसमेत पाइएको छ । विभिन्न देशमा अध्यनका लागि भन्दै विद्यार्थीको राहधानीसमेत कन्सल्टेन्सीले नै राखेर दर्ता बिनै चलेको ई स्पटले विद्यार्थीबाट मोटो रकम असुल्ने गरेको छ ।

यतिसम्म कि ई स्पट कन्सल्टेन्सीले कम्पनी समेत दर्ता नगरी सस्था संचालन गरेको भेटिएको छ । सामान्यतया कुनैपनि सस्था संचालन गर्नु अघि कम्पनी रजिस्ट्रारको कार्यालय अथवा घरेलु कार्यालयमा कम्पनी दर्ता गरी कम्पनीको नामकरण गरेपछी मात्र सस्था स्थापना गर्न पाइन्छ तर, यस कन्सल्टेन्सीले काठमान्डौकै शाखा कार्यालय हो भन्दै कन्सल्टेन्सी सचालन गरिरहेको छ, जुन गैरकानुनी हो ।

कुनैपनि कन्सल्टेन्सीले शाखा संचालन गर्न नपाउने मापदण्ड छ । उही नाम गरेका सस्था दर्ता गर्नुपरे थोरै नाम तलमाथि पारी पुनः नयाँ कम्पनि खडा गरी त्यसपछी सम्बन्धित सबै निकायमा दर्ता गरेपछी मात्र सस्था संचालन गर्नुपर्ने हुन्छ । तर यस कन्सल्टेन्सीले कुनैपनि निकायमा दर्ता नै नगरी निर्वाद असुली धन्दा चलाइरहेको छ भने विद्यार्थीको राहधानी नै आफैले राखी बैदेशिक प्रक्रियासमेत गर्ने गरेको छ ।

कन्सल्टेन्सीले विद्यार्थी र अभिभावकलाई झुक्याउन कार्यालयमा अर्कै कम्पनीको दर्ता प्रमाणपत्र राखेको समेत पाईएको छ । जे.एण्ड.बि ग्लोबल एजुकेशन एण्ड ओभरसिस सर्विसेस  कम्पनीको प्रमाणपत्र राखी ई स्पटले सबैलाई झुक्याई रहेको छ ।

यस कन्सल्टेन्सीले खुलेआम गैर कानुनी काम गर्दै विद्यार्थीलाई ठग्दासमेत सम्बन्धित निकायले चासो दिएको छैन् । यो कन्सल्टेन्सी दर्ता प्रक्रिया मै नगएको समेत पाइएको छ । सामाजिक विकास मन्त्रालयले समेत यस्ता गैर कानुनी काम गर्ने र र्विद्यार्थी,अभिभावक तथा राज्यलाई नै ठग्ने सस्थालाई कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

मन्त्रालयले अनुगमन नगर्दा हेटौंडामा यस्ता गैरकानुनी काम गर्ने कन्सल्टेन्सी तथा इन्स्टिच्युट छ्यापछ्याप्ती खुलेका छन् । जसले विद्यार्थीलाई ठग्नेदेखि विदेशी शिक्षाको प्रलोभन देखाउंदै अलपत्र पार्ने गरेका छन् ।

दर्ता नै नगरी चलेका कन्सल्टेन्सीबाट बैदेशिक यात्रामा होमिने विद्यार्थीले आफु ठगीएपछी उजुरी गर्ने ठाउँसमेत नपाउँदा कयौं विद्यार्थी अलपत्र पर्ने समेत गरेका छन् । यस्ता अबैध रुपमा चलेका कन्सल्टेन्सीलाई तत्काल सम्बन्धित निकायले अनुगमन गरी कारबाही गर्न जरुरी छ ।

 


क्याटेगोरी : अन्तर्वार्ता, मुख्य खबर, विचार/ब्लग, समाचार, साहित्य, सुचना-प्रविधि, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट