Techie IT
Hetauda Khabar

हेटौंडाको चौघडामा रहेको ‘चौघडा हस्पिटल’ मापदण्ड विपरित संचालन, विरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड


चौघडा हस्पिटल मापदण्ड विपरित संचालनमा रहेको पाइएको छ ।

हेटौंडा उपमहानगरपालिका-६ चौघडामा रहेको हस्पिटलले मापदण्ड नै नपुर्याई संचालनमा आएको पाइएको हो ।

स्वास्थ्य सस्था दर्ताको नियम र अस्पतालले पुर्याउनुपर्ने सामान्य मापदण्डसमेत नपुर्याई १० शैयाको अस्पताल संचालन गरिएको पाइएको छ । अस्पतालमा विरामीको उपचारमा समेत लापरबाही गर्ने गरेको पाइएको हो ।

चौघडा अस्पतालमा विरामीलाई एच ए र रेडियोलोजिस्टले विशेषज्ञ चेकजाँच गर्ने गरेका छन् । १० शैयाको अस्पतालमा कम्तिमा २ जना विशेषज्ञ चिकित्सकले २४ सै घण्टा सेवा दिनुपर्ने प्रावधान भएपनि उक्त अस्पतालमा बाहिरी व्यक्तिले उपचार गर्ने गरेको फेला परेको हो । अस्पतालमा चिकित्सक भने एकजना पनि छैनन् ।

त्यस्तै अस्पतालले हेटौंडा राजपत्रमा रहेको स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरण सम्बन्धि निर्देशिका-२०७६ को सामान्य मापदण्डसमेत पुरा नगरी अस्पताल संचालन गरेको भेटिएको छ । अस्पतालमा चाहिने ल्याब,फार्मेसीदेखि अन्य उपकरणसमेत मापदण्ड अनुसार नभएको पाइएको छ ।

अस्पतालले विरामीको उपचारमा लापरबाही गर्ने गरेको विरामीले गुनासो गरेका छन् । आपतकालीन सेवामा समेत अस्पतालले विरामिमाथि खेलवाड गर्ने गरेको छ । चिकित्सक बाहेकमा अन्य व्यक्तिले विरामीको उपचार गर्ने र औषधि सिफारिस गर्ने, अस्पतालको फार्मेसीमा तोकिएको र सम्बन्धित फर्मासिस्टबाहेकका व्यक्तिले औषधि बिक्रीवितरण गर्ने गरेका छन् ।

यता हेटौंडा उपमहानगरपालिकाले भने मापदण्ड नै पुरा नगरी चौघडा अस्पताललाई  संचालन अनुमति दिएको पाइएको छ  । उपमहानगरपालिकाले हचुवाको भरमा अनुमति दिएको पाइएको हो ।

स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरण सम्बन्धि निर्देशिका-२०७६ मा उल्लेखित मापदण्ड नपुगी कुनैपनि स्वास्थ्य सस्था दर्ता तथा नवीकरण गर्न पाइदैन, तर आफैले बनाएको निर्देशिका विपतित उपमहानगरपालिकाले उक्त अस्पताललाई १० शैयाको स्वीकृति दिएको हो । अस्पतालले हेटौंडा उपमहानगरपालिकामा बुझाएको कर्मचारी तथा चिकित्सकको विवरणसमेत फर्जी पेश गरिएको पाइएको छ ।

चौघडा अस्पतालले विमारीको उपचारमा गम्भीर खेलवाड गर्दासमेत सम्बन्धित निकाय भने मौन बसेको छ भने, मापदण्ड विपरितको अस्पताललाई प्रशासनले कारबाही गरेको छैन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, मुख्य खबर, रोचक, विचार/ब्लग, समाचार, साहित्य, सुचना-प्रविधि, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट