हेटौंडा बजार कुरूप बनाउदै उद्योग वाणिज्यसंघका उम्मेदवारहरु, बाटै छेकेर प्रचार सामाग्री बग्रेल्ती
न कर तिर्छन् उम्मेदवार, न हटाउछ स्थानीय सरकार
हेटौंडामा उद्योग वाणिज्य संघको निर्वाचन ब्यापक लागेको छ ।
मकवानपुर उद्योग बाणिज्य संघको निर्वाचन तथा साधारण सभा आउदो २४ देखि २७ गते सम्म चल्ने छ । निर्वाचनका लागि २ वटा समूह प्यानल बनाएर चुनाबी मैदानमा छन् । तर उद्योग वाणिज्य संघका उम्म्मेदवाहरुले भने हेटौंडा बजार कुरूप बनाएका छन् । आफ्ना प्रचार सामग्रीले हेटौंडा बजार ढाकेका छन् उम्मेदवारहरुले ।
देशकै सफा र सानो शहर हो हेटौंडा । पुर्व मेयर हरिबोल महतका पालामा हेटौंडा बजार क्षेत्रमा प्रचार सामग्री राख्न नपाइने र शहरको शौन्दर्यलाई बिगार्ने कुनैपनि बोर्ड,फ्लेक्स,पर्चा झुण्डाउन नपाउने भनि निर्णय नै गरिएको थियो ।
तर उद्योग वाणिज्य संघका उम्मेदवारहरुले अहिले कानुन विपरित बजार भरी आफ्ना प्रचार सामाग्रीले भरेका छन् भने, बाटोनै छेक्ने गरी फ्लेक्स राखेका छन् । जसले गर्दा शहरको सुन्दर्यतामा प्रभाव त पारेको छ नै, सडक दुर्घटनाको समेत जोखिन बढाएको छ भने स्थानीय सरकारलाई राजस्वसमेत नबुझाई कानुनको उल्लङ्घन गरेका छन् ।
एक त कुनैपनि प्रचार सामाग्री वा बिज्ञापन सामग्री राख्नु परे सम्बन्धित स्थानीय सरकारलाई विज्ञापन कर तिर्नु पर्छ । कती वटा सामग्री कुन ठाउँमा र कति साइजको राख्ने भनेर सोही अनुसारको कर तिरेपछि मात्र प्रचार सामग्री राख्न पाइने प्रावधान छ । हेटौंडा बजार क्षेत्रमा यस्ता कुनैपनि सामाग्री राख्न नपाईने भनी अघिल्लो मेयरकै कार्यकालमा निर्णय भैसकेको छ । तर यहाँ उम्मेदवारहरुले हेटौंडाको मुख्य बजार बुद्धचोक, सिमाचोक, कान्तिराज पथ, राप्ति रोड सनोपोखारा लगायत मुख्य बजारको मुख्यसडकमै ठुला-ठुला प्रचार सामाग्री राखेका छन् । जुन कानुन विपरित छ ।
सडकमा गुड्ने सवारी नै ठोकिने गरी प्रचार सामाग्री बग्रेल्ती हुँदासमेत नियामक निकाय हेटौंडा उपमहानगरपालिका भने हेरेर बसेको छ । केही समय अघि राजस्व तिरेर केही व्यवसायीले राखेको बिज्ञापन हटाएर फाल्ने हेटौंडा उपमहानगरपालिकाले अहिले हेटौंडा बजार भरी जथाभावी राखिएको फ्लेक्सहरु देखे नदेखे झैँ गरेको छ ।
यस्ता सामग्रीको कसैले पनि कर नतिरेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । हेटौंडा बजार भरी प्रचार सामाग्री देखिएको छ, तर कसैले पनि राजस्व नतिरेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए ।
यस्ता सामग्री हटाउनको लागी नगर प्रहरी परिचालन गर्न आफु लागि पर्ने उनले बताएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थबाणिज्य, मुख्य खबर, रोचक, विचार/ब्लग, समाचार, साहित्य, सुचना-प्रविधि, स्थानिय
प्रतिक्रिया