Techie IT
Hetauda Khabar

जघन्य अपराधको झुठो मुद्दा चलाउन उक्साउने अर्जुन तिवारी हेटौंडा-१२ मा कांग्रेसको उम्मेदवार

तिवारीले महिला प्रयोग गरी पत्रकार बन्जारालाई फसाउन झुठो उजुरी दिन लगाएका थिए


हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा उपनिर्वाचन हुँदैछ ।

२०७९ वैशाखमा भएको स्थानीय तहका् निर्वाचनबाट वडा अध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

आगामी १६ मंसिरमा मकवानपुरको यही वडामा मात्र निर्वाचन हुँदैछ । वडाध्यक्षको निर्वाचनमा मुख्यतः तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने गत निर्वाचनको मतपरिणामले देखाउँछ । तीनवटै दलले उम्मेद्वार टुंग्याएका छन् ।

कांग्रेसले अर्जुन तिवारीलाई, एमालेले युवा संघ मकवानपुरका अध्यक्षसमेत रहेका राजेश नगरकोटी र माओवादीले रविन प्रधानलाई वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

वडामा अन्य साना दलले पनि उम्मेदवार उठाएपनि तिन ठुला दल बिचनै प्रतिस्पर्धा हुने निश्चित छ । यी तिन दलमध्ये नेपाली काङ्ग्रेसले निकै विवादित ब्यक्तिलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । अर्जुन तिवारी तिनै व्यक्ति हुन् जसले हेटौंडाका एक पत्रकारलाई फसाउन पैसाको लोभ देखाएर गाउँको एक महिला प्रयोग गरेर झुठो मुद्दा चलाउन उक्साएका थिए ।

तिवारीले ०७९ चैत ३० मा एक महिलालाई पैसाको लोभ देखाएर हेटौंडाका पत्रकार इन्द्र प्रसाद बन्जरा रमेशलाई झुठो मुद्दा चलाउन लगाएका थिए । उनले ति महिलालाई बन्जराले मलाई राप्ति खोलाको बगरमा लगेर जबर्जस्ती करणी गरेको हो भन्नु भन्दै सिकाएर उजुरी दिन लगाएका थिए । कांग्रेसका केहि जिल्ला नेता तथा कार्यकर्ताको मिलेमतोमा तिवारीले ति महिलालाई प्रयोग गरेका थिए । तिवारीको उक्साहटमा चलेको झुठो मुद्दामा तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी बामदेव गौतमले पनि निकै सहयोग गरेका थिए ।

तिवारीले एक महिलालाई आफुले चलाएको बुलेट मोटरसाइकलको पछाडी राखेर राप्ती खोला किनारको जंगलमा नक्कली घटनास्थल बनाएर ठाउँ देखाएर लिएर आएको सिसिटिभी फुटेज हेटौंडाखबरले सार्वजनिक गरेको थियो । पछी बन्जाराविरुद्ध जाहेरी दिएकी महिलाले बन्जारालाई फसाउन सहयोग नगरे गोली हानी मारीदिने धम्कि दिएको भन्दै उनले अदालातमा बयान दिएकी थिईन् । उनले आफुलाई झुक्याएर जाहेरीमा सहीछाप गर्न लगाएकोसमेत बताएकी थिइन्  । अर्जुन तिवारी भन्ने व्यक्तिले राप्ती खोला नजिकको सिसौघारीमा लगेर ल्याएको, बन्जरासंग भने उक्त स्थानमा आफु जाँदै नगएको उनको बयानमा उल्लेख छ ।

यो मुद्दा हाल किनारा लागिसकेको छ । जिल्ला अदालत मकवानपुरले जाहेरवालाको दाबि नपुग्ने भन्दै फैसला सुनाइसकेको छ ।

त्यस्तै तिवारीले मकवानपुर प्रहरी कार्यालयमा आएका केही मुद्दा मिलाइदिने भन्दै पैसा असुल्ने गरेको, अदालतमा समेत मुद्दा मिलाइदिन्छु भन्दै रकम उठाउने र रकम दिने व्यक्ति कारागार गएपछी तिवारी सम्पर्कविहिन हुने गरेको उनीबाट पिडित व्यक्तिहरु बताउछन् ।

यस्ता गलत क्रियाकालापको छवी बनाएका तिवारीलाई कांग्रेस मकवानपुरले वडा अध्यक्षको उम्मेदवार बनाएको छ । यस अघिको निर्वाचनमा पनि उनि उम्मेदवार बनेका थिए  माओबादीको तर्फबाट ललित घलानले चुनाब जितेपछी उनि दोस्रो भएका थिए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट