Techie IT
Hetauda Khabar

सानिमा बैंक हेटौंडा शाखाद्वारा २ विद्यार्थीलाई छात्रवृत्ति प्रदान


सानिमा बैंक हेटौंडा शाखाले हेटौंडाका २ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुरको श्री महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत अन्जना मूक्तान र नारायणी कलेज हेटौंडामा अध्ययनरत यूनिसा लामालाई छात्रवृत्ति प्रदान गरिएको बैंकका शाखा प्रवन्धक रोशन मल्लले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकामा स्थायी बसोबास भएका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई ११ र १२ कक्षा अध्ययनका लागि शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक २ हजार नगदसहितको छात्रवृत्ति प्रदान गरिएको प्रवन्धक मल्लले बताए ।

बैंकले सो छात्रवृत्ति २ वर्षका लागि प्रदान गरेको हो ।

बैंकले हरेक वर्ष हेटौडा शाखाबाट प्रति विद्यार्थी नगद ५० हजार बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ । गतवर्ष छात्रवृत्ति पाउने २ जना विद्यार्थी हाल कक्षा १२ मा अध्ययन गरिरहेको बैंकले जनाएको छ ।

छात्रवृत्तिका लागि सार्वजनिक गरीएको सूचना पछि प्राप्त निबेदनको आधारमा बैंकले बनाएको जनप्रतिनिधिसहितको निर्णायक समितिले सिफारिस गरेपछी दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट