Techie IT
Hetauda Khabar

हेटौंडाको टिपिकल सहकारीमा करोडौं घोटाला ! बचतकर्ताको रकम डुब्ने खतरा


हेटौंडामा रहेको टिपिकल (विलक्षण) बचत तथा ऋण सहकारी सस्थामा करोडौं रकम अपचलन भएको पाइएको छ ।

हेटौंडा-२ मा रहेको सहकारीको कर्मचारीहरुले करोडौं रकम अपचलन गरेको पाइएको हो । सहकारीको व्यवस्थापक, लेखापाल,सह-लेखापाललगायतले करोडौं रकम हिनामिना गरेका हुन् ।

सहकारीका कर्मचारीलेनै रकम हिनामिना पारेपछी सहकारीका रकम जम्मा गर्ने बचतकर्ताको रकम जोखिममा परेको छ । सहकारी डुब्ने जोखिम बढेपछी आफ्ना बचतकर्ताको बचत रकमसमेत सहकारीले दिने गरेको छैन् ।

सहकारीले बचत रकम नदिएपछि बचतकर्ताले गुनासो गरेका छन् । जम्मा गरेको रकम कर्मचारीले हिनामिना गरेपछी टिपिकल सहकारीका बचतकर्ता आफ्नो रकम नपाइने होकी भन्ने चिन्तामा रहेका छन् । उता हेटौंडा उपमहानगरपालिकाले टिपिकल बचत तथा ऋण सहकारी सस्थामा भएको अपचलनको विषयमा छलफल र बैठक राखिरहेको पाइएको छ ।

यस सहकारीमा ३ सय बढी बचतकर्ता रहेका छन् । जिल्ला बचत संघमा आवद्ध यो सहकारीले लामो समयदेखि आफ्ना बचतकार्ताको रकम फिर्ता गर्न आनाकानी गर्दै आइरहेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट