Techie IT
Hetauda Khabar

अभिभावक ठग्ने र सूचना लुकाउने हेटौंडाको नवोदय बोर्डिङलाई ७ दिन भित्र जवाफ पेश गर्न सूचना आयोगको आदेश


चर्को शुल्क उठाउदै विद्यार्थी र अभिभावक ठग्दै आइरहेको हेटौंडा-४ मा रहेको नवोदय शिशु सदन मा.वि लाई राष्ट्रिय सुचना आयोगले ७ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

शिक्षा ऐन विपरित मनलाग्दी शुल्क बढाउने र भर्ना शुल्क वापतको चर्को शुल्क उठाउने गरेको नवोदय संग सूचना माग गर्दा सूचना नदिएपछी आयोगले यस्तो आदेश गरेको हो । गत १७ भदौमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङको संयोजकत्वमा सूचना आयुक्त कमला ओली थापा र रत्न प्रसाद मौनालीको उपस्थितिमा सूचनाको हक सम्बन्धि ऐन को दफा १० (२) बमोजिम ७ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो ।

नवोदय शिशु सदन विद्यालयले कानुन विपरित विद्यार्थीबाट चर्को शुल्क असुल्ने गरेको छ । यता हेटौंडा शिक्षा ऐन विपरित वार्षिक भर्ना शुल्कको शिर्षक परिवर्तन गरी मनलाग्दी ढंगले शुल्क असुलेको छ । त्यति मात्र होइन विद्यालयले वार्षिक भर्ना शुल्क नतिर्ने विद्यार्थीको परिक्षाफ़ल समेत उपलब्ध गराएको छैन ।

अभिभावकको ढाड सक्ने गरी मनलाग्दी शुल्क उठाइरहेको विद्यालयको विभिन्न विषयमा सूचना माग गरिएको थियो तर आफ्नो कानुन विपरितका कार्य बाहिर आउने डरले विद्यालयले कुनैपनि सूचना उपलब्ध गराएको छैन ।

विद्यालयले सूचना उपलब्ध नगराएपछी सूचना आयोगमा पुनरावेदन गरिएकोमा आयोगबाट विद्यालयका नाममा लिखित जवाफ पेश गर्नु भन्ने आदेश भएको हो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट