कोशी प्रदेशको सभामुखमा विष्ट सर्वसम्मत
कोशी प्रदेशको सभामुखमा अम्मरबहादुर विष्ट सर्वसम्मत भएका छन् ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राप्रपाका उम्मेदवारलाई समर्थन गरेपछि विष्ट सर्वसम्मत भएका हुन् ।मंगलबार विराटनगरस्थित प्रदेशसभा भवनमा बसेको नेपाली कांग्रेस र एमालेको संसदीय दल बैठकले विष्टलाई समर्थन गर्ने निर्णय गरेपछि उनी सर्वसम्मत भएका छन् ।
आज मंगलबार बस्ने प्रदेशसभा बैठकबाट आवश्यक प्रक्रिया पुर्याएर विष्टलाई सभामुख निर्वाचित गर्ने कार्यसूची रहेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया